Kathmandu Press

शेयर बजारमा आज विक्रेता हाबी

काठमाडौं, भदौ ९ : बजारले १२०० को मनोवैज्ञानिक टेवा क्षेत्रलाई परीक्षण गरेको छ। इन्ट्राडेमा एक पटक १२०० भन्दा बजारमुनि लागे पनि त्यसपछि भने बजार १....

शेयर बजारमा आज विक्रेता हाबी

काठमाडौं, भदौ ९ : बजारले १२०० को मनोवैज्ञानिक टेवा क्षेत्रलाई परीक्षण गरेको छ। इन्ट्राडेमा एक पटक १२०० भन्दा बजारमुनि लागे पनि त्यसपछि भने बजार १२०० भन्दा माथि नै बन्द हुन सफल भएको छ।

१२०० को क्षेत्रलाई मनोवैज्ञानिक आधार मानेर बजार फर्किने अनुमानसँगै बजार १२०० परिसूचक भन्दामुनि जान मानेको छैन। यो क्षेत्रबाट बजार उक्लन सकेमा  माथिल्लो दिशा समात्ने तर १२०० परिसूचकभन्दा मुनि आएको अवस्थामा बजारप्रति लगानीकर्ता एकदमै कमजोर मानसिकतामा आउने देखिन्छ।  

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ६ दशमलव ४९ ले  घटेर १२०३ दशमलव १३ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ५४ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२०९ दशमलव ६२ को विन्दुमा खुलेको थियो भने १२१० दशमलव २४ को उच्चविन्दुसम्म पुगेको थियो। 

Hardik ivf

बजारको न्यून विन्दु ११९९ दशमलव २३ रहँदा  दिनभरमा ३८ करोड ५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। प्रभु बैंक लिमिटेडको १० करोड बराबरको संस्थापक शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 

आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। प्रभु बैंक लिमिटेडको १० करोड २१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 

आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ४ दशमलव ८७ प्रतिशतले कमाए भने एनएलजी इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ६ दशमलव ३३ प्रतिशतले गुमाए। 


शेयर सूचीकरण 
आज प्रिमियर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।

लाभांश गतिविधि

मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरे पश्चात वितरण गरिने छ।  

प्राविधिक विश्लेषण  

अघिल्लो कारोबार दिन अघिको विश्लेषणको निष्कर्ष अनुसार बजारको तत्कालीन् टेवा क्षेत्र चित्र नं. १ मा देखिए बमोजिम च्यानलको तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ भनिएको थियो। आज बजारले यही क्षेत्रको ११९९ दशमलव २३ मा टेवा प्राप्त गरेपछि नेप्से परिसुचक १२०३ दशमलव १३ विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो च्यानलमा सीमित रहेको र हाल टेवा क्षेत्रमा रहेको देखिन्छ। हिजोको मैनबत्तीले हतौडा आकृति बनाएको थियो र बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि आजको मैनबत्तीले बजार निश्चित रुपमा सकारात्मक हुन सक्ने संकेत रद्द भएको जनाएको छ। आजको परिमाणले बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, यो पाँच मिनेट मैनबत्ती प्रवृत्तिको हो। यसको प्रवृत्तिले हिजो र आज बजार घट्दो प्रवृत्तिमा रहेको र हाल १२०० को मनोवैज्ञानिक टेवा क्षेत्रमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसमा फराकिलो रहेकाले बजारमा विक्रताको चाप रहेको देखिन्छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६० दशमलव ९१ अंकमा रहेको छ र यसको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयतिर क्रेताको चाप रहेको र अर्को कारोबार दिनको पहिलो समयमा बजार बढ्न सक्ने संकेत गरेको छ। 

निष्कर्ष : लामो समयावधिको बजार प्रवृत्ति हाल मुख्य टेवा क्षेत्र नजिक रहेको देखिन्छ। माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सूचकलाई समग्रमा हेर्दा यदि बजार १२११ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२२१ मा रहेको देखिन्छ। त्यस्तै, बजारको तत्कालीन टेवा क्षेत्र चित्र नं. १ मा देखिए बमोजिम च्यानलको तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ।  
 

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, भदौ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्