Kathmandu Press

एचआइडिसिएलकाे साधारण सभा पुस २२ मा, ८.४१ प्रतिशत लाभांश पारित हुने

काठमाडौं, मंसिर २० हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभपलमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले पुस २२ गतेका लागि १०औं साधारण सभा बोलाएको छ। कम्पनीको आज (सोमबार) बसेको...
एचआइडिसिएलकाे साधारण सभा पुस २२ मा, ८.४१ प्रतिशत लाभांश पारित हुने

काठमाडौं, मंसिर २० : हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभपलमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले पुस २२ गतेका लागि १०औं साधारण सभा बोलाएको छ। 

कम्पनीको आज (सोमबार) बसेको सञ्चालक समितिको बैठकले सो दिन काठमाडौंको हात्तीसारस्थित कम्पनीको कार्यालयबाट भर्चुअल रूपमा बिहान ९ बजे बस्ने निर्णय गरेको हो।

सो सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४१ प्रतिशत नगद गरी कुल ८.४१ प्रतिशत लाभांश पारित गर्ने जनाइएको छ।

साधारण सभाको प्रयोजनका लागि पुस ५ गते एक दिन बुकक्लोज गर्ने निर्णय पनि बैठकले गरेको छ। यसकारण पुस ४ सम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन्।

प्रकाशित मिति: १२:१४ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्