Kathmandu Press

मटिहानीमा मटकोर विधि सम्पन्न

जलेश्वर, मंसिर २०ः मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ।राम जानकी...
मटिहानीमा मटकोर विधि सम्पन्न

जलेश्वर, मंसिर २०ः मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ।

राम जानकी विवाह महोत्सवका अवसरमा मटिहानी नगरपालिका–७ मा अवस्थित धार्मिक एवं पौराणिक लक्ष्मीनारायण मठमा मटकोर विधि सम्पन्न भएको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जगन्नाथ दास वैष्णवले जानकारी दिए । मिथिलाको धार्मिक विधिअनुसार महिलाले विवाहको गीत गाउँदै लक्ष्मीनारायण मठको ठीक अगाडिमा रहेको लक्ष्मी सागर (पोखरी)मा पुगी भगवान माता सीताको प्रतीक रहेको मूर्तिलाई नुहाई माटो उत्खनन गरेका थिए।  

Hardik ivf

मिथिलाको वैवाहिक पद्धतिमा तिलकोत्सव तथा मटकोर महत्वपूर्ण उपक्रम हो । मटकोरको दिन लक्ष्मीसागरबाट खनेर लगेको माटोबाट विवाह पञ्चमीका दिन जनकपुरमा भगवान रामचन्द्र र माता सीताको विवाहका लागि  यज्ञवेदी निर्माण गरिने छ । 

गए राति मटिहानीमा यज्ञवेदीको लागि खनिएको माटो लिएर एक विशेष रथयात्रा महोत्तरीको जलेश्वर, प्रकौली, पिपरा हुँदै आज विवाह पञ्चमीका लागि जनकपुर जानेछ।

प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त्रेता युगमा भगवान रामचन्द्र र माता सीताको विवाह हुँदा यज्ञवेदी निर्माण गर्न मटिहानीमा अवस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि सो स्थानमा वर्षेनी रामजानकी विवाह महोत्सवमा मटकोर विधि गरिने प्रचलन छ।

प्रकाशित मिति: १०:०८ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्