Kathmandu Press

१७ प्रतिशत लाभांश पारित गर्न पुस २ मा नेपाल बैंककाे साधारणा सभा

काठमाडौं, मंसिर १७ : नेपाल बैंक लिमटेडले आफ्ना सेयरधनीहरूका लागि प्रस्तावित १७ प्रतिशत लाभांश पारित गर्न आगामी पुस २ गते साधारण सभा डाकेको...
१७ प्रतिशत लाभांश पारित गर्न पुस २ मा नेपाल बैंककाे साधारणा सभा

काठमाडौं, मंसिर १७ : नेपाल बैंक लिमटेडले आफ्ना सेयरधनीहरूका लागि प्रस्तावित १७ प्रतिशत लाभांश पारित गर्न आगामी पुस २ गते साधारण सभा डाकेको छ। साधारणा सभा काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजे बस्नेछ। 

बैंकले सेयरधनीहरुलाई साधारणसभामा भर्चुअल माध्यमबाट सहभागी हुन आग्रह गरेको छ। बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।

सधारणसभाको प्रयोजनार्थ मंसिर २१ गते बुक क्लोज गरिने बैंकले जनाएको छ। मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन्।

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्