Kathmandu Press

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष

काठमाडौँ, मंसिर १७ः पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका ९६ लाख कित्ता शेयरको रु ९६ करोड बराबरको प्राथमिक शेयर निस्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानीकोष रहने...
पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष

काठमाडौँ, मंसिर १७ः पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका ९६ लाख कित्ता शेयरको रु ९६ करोड बराबरको प्राथमिक शेयर निस्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानीकोष रहने भएको छ ।

सो हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरिएको कोषले जनाएको छ । 

सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका थिए । 

यस हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत् उत्पादन गर्नेछ। कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धका रुपमा सानिमा क्यापिटल रहेको छ।

प्रकाशित मिति: १६:३२ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्