Kathmandu Press

एनसिसी बैंकले ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, मंसिर १५ : नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले ८ प्रतिशत बोनस सेयर दिने भएको छ।बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश...
एनसिसी बैंकले ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, मंसिर १५ : नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले ८ प्रतिशत बोनस सेयर दिने भएको छ।

बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Hardik ivf

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ। ८ प्रतिशत बोनस सेयर बाँडेपछि बैंकको चुक्ता पुँजी ११ अर्बभन्दा बढी  हुनछ।

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, मंसिर १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्