Kathmandu Press

नारायणी डेभलपमेन्टले हकप्रद सेयर निकाल्न मंसिर २४ गते बुक क्लोज गर्ने

नारायणी डेभलपमेन्टले हकप्रद सेयर निकाल्न मंसिर २४ गते बुक क्लोज गर्ने

काठमाडौं, मंसिर १५ : नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने मंसिर २४ गते एक दिन बुक क्लोज गर्ने भएको छ। सञ्चालक समितिको मंगलबार बसेको बैठकले हकप्रद सेयर निष्कासन गर्ने मंसिर २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको प्रमुख कार्यकार िअधिकृत पशुपति पौडेलले जानकारी दिएका छन्।

मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। 

Hardik ivf

बैंकले १ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न असार ४ गते सेबोनमा निवेदन पेस गरेको थियो। नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर ३ अनुमति पाएको थियो।

बैंकको १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १०० प्रतिशत हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००प्रतिशत) १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।

नेपाल राष्ट्र बैंकले भने जेठ २० गते  बिहीबार १ः१ को अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृति  दिएको थियो। बैंकले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई जिम्मेवारी दिएको छ।  

प्रकाशित मिति: १२:२० बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्