Kathmandu Press

‘राप्रपा कमजोर अवस्थामा छ, नेतृत्व परिवर्तन गरेर सुधार्दै लैजानुुपर्छ’

अहिले यो पार्टी आफ्नो जीवनकालकै सबैभन्दा कमजोर अवस्थामा छ। अब यसलाई नेतृत्व परिवर्तनसँगै सुधार गरेर लैजानुुपर्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुधार्नुुको विकल्प छैन। सुधार्न, अगाडि बढाउन र बृहत् पार्टी बनाउनका लागि पहिलो कदम भनेकै नेतृत्व परिवर्तन हो।
‘राप्रपा कमजोर अवस्थामा छ, नेतृत्व परिवर्तन गरेर सुधार्दै लैजानुुपर्छ’

मंसिर १५ देखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सुरु हुँदैछ। राप्रपाका हालका तीन अध्यक्ष (कलम थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी)प्रति असन्तुष्ट राजेन्द्र लिङ्देन लगायतको समूहले राप्रपालाई नवीन ढंगले लैजानुपर्ने आवाज उठाएको छ। प्रस्तुत छ, यसै सन्दर्भमा राप्रपा नेता लिङ्देलसँग काठमाडौं प्रेसकर्मी शुष्मा बरालीले गरेको वार्ता : 
 

पार्टीमा विद्यमान तीन अध्यक्षहरूलाई अभिभावकको रूपमा रहेर नेतृत्व हस्तान्तरण गर्न यहाँले सुझाव दिनुभएको छ र आफूले नेतृत्व दाबी गर्नुभएको छ, यसमा पार्टीभित्र अहिलेसम्म कस्तो परिस्थिति बनेको छ ?

वर्तमान अध्यक्षत्रयलाई अभिभावकको भूमिकामा बसिदिन आग्रहसँगै हामीले नेतृत्वमा दाबी गरेपछि उहाँहरूले आफूलाई नयाँ नेतृत्वको पक्षमा ल्याउनुुहुनेछ, उहाँहरूले नै नेतृत्व परिवर्तनको भूमिकामा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा थियो, तर आजसम्म अवस्था त्यस्तो देखिएको छैन। यद्यपि अपुष्ट समाचार अनुुसार, सहमति र एकताका लागि एक अध्यक्ष पशुपति शमशेर राणाले नेतृत्व दाबी नगर्ने कुरा आएको छ। यो जानकारी औपचारिक र आधिकारिक होइन, यद्यपि नेतृत्वमा आफ्नो दाबी नरहने भनी आफ्ना कार्यकर्तालाई भनिसकेको सुन्नमा आएको छ।

Hardik ivf

बाँकी दुुई अध्यक्ष भने अहिलेसम्म सो निर्णयमा आउनुभएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी आजसम्म अकर्मण्य र निष्क्रिय अवस्थामा बस्यो। अहिले यो पार्टी आफ्नो जीवनकालकै सबैभन्दा कमजोर अवस्थामा छ। अब यसलाई नेतृत्व परिवर्तनसँगै सुधार गरेर लैजानुुपर्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुधार्नुुको विकल्प छैन। सुधार्न,  अगाडि बढाउन र बृहत् पार्टी बनाउनका लागि पहिलो कदम भनेकै नेतृत्व परिवर्तन हो। त्यसकारण हामीले यो महाधिवेशनबाट जसरी पनि नेतृत्व परिवर्तन गर्छौं।

यहाँले राप्रपा बचाउन र नवीन राप्रपा निर्माण गर्न नयाँ नेतृत्व आवश्यक छ भन्नुभएको छ, नवीन राप्रपा भनेको कस्तो हो ?

राजसंस्था र हिन्दूराष्ट्रका पक्षधरहरूको र संघीयताका विपक्ष रहेकाहरुको साझा पार्टी हो, राप्रपा। राप्रपाले भ्रष्टाचारमुक्त देश निर्माणमा महत्त्वपूर्ण योगदान पुु¥याउनेछ। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने वातावरण बनाउन भूमिका खेल्नेछ। त्यस्तै, पार्टीभित्रै पनि युवाको प्रतिनिधित्वलाई सुुनिश्चितता गर्नेछ। एक व्यक्ति एक पदको सिस्टम लागू गर्नेछ। नेतृत्व हस्तान्तरणको सहज व्यवस्था गर्नेछ। एउटा व्यक्ति कार्यकारी पदमा एकदेखि दुुई कार्यकालभन्दा बस्न नपाउने व्यवस्थामा जान्छौँ। यही नै राप्रपाको नवीन बाटो हो।  

गणतन्त्र, धर्मनिरपेक्षताप्रति यहाँको विचार के हो ?

हामीले निरन्तर रूपमा भनिरहेका छौँ- राजसंस्था र हिन्दूराष्ट्र कुनै व्यक्तिलाई राजा बनाउने, कुनै जात विशेषले मान्ने धर्मलाई मात्र स्थापित गर्ने व्यवस्था मात्रै होइन, नेपालको स्थायित्वका आधार पनि हुन्। तसर्थ जनचाहना विपरीत षड्यन्त्रपूर्ण ढंगले जसरी राजसंस्था र हिन्दूराष्ट्रलाई पाखा लगाइयो, राष्ट्रिय एकता र नेपालको स्थायित्वका हिसाबले यो अनुचित र अनुउपयुक्त छ। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खारेज हुनुपर्दछ भन्ने विषयमा हामी सधैँ दृढ छौँ।  

यहाँको भिजनमा देश कस्तो व्यवस्था र बाटोमा अगाडि बढ्नुपर्छ ?

देशको समग्र अस्थिरताको मूल कारण नै अहिलेको व्यवस्था र प्रणाली हो। अहिलेको प्रणालीमा व्यापक सुधार हुन आवश्यक छ, जुन राप्रपाबाट मात्रै सम्भव छ। राष्ट्र प्रमुुखको रूपमा राजसंस्था, कार्यकारी प्रधानमन्त्रीको रूपमा जनताबाट प्रत्यक्ष निर्वाचित व्यक्ति, पूर्ण समानुपातिक संसद् बनाउन र  प्रदेशलाई खारेज गरेर दुई तहको सरकार बनाउन आवश्यक छ। यही नै मुलुकको अहिलेको अस्थिरता अथवा समस्याको मुख्यबिन्दुु हुन सक्छ भनेर हामीले प्रस्ताव गरिरहेका छौँ।

नेतृत्व हस्तान्तरणमा यहाँले पार्टीभित्र के कस्तो चुनौती देख्नुभएको छ ?

हामीले अहिले पार्टीभित्र नेतृत्व हस्तान्तरणका लागि जुन कदम उठाइरहेका छौँ, यो सहज कुरा होइन। एउटा स्थापित सत्ता, जो सधैँभरि सत्ता र शक्तिको वरिपरि बसिराखेको समूहलाई विस्थापित गरेर नयाँ परम्परा स्थापना गर्नु चानचुने कुरा होइन। त्यसलाई हामीले यसपालि आम महाधिवेशन प्रतिनिधिका साथ र सहयोगबाट नेतृत्व परिवर्तन गर्छौं र पुस्तान्तरणको राजनीतिक संस्कारलाई आगामी दिनमा सहज बनाएर लैजान्छौँ।

 

प्रकाशित मिति: १०:२८ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्