Kathmandu Press

शेयर बजारमा आज पनि अन्योलता कायमै

काठमाडौं, भदौ ५ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ० दशमलव ९९ ले  घटेर १२१३ दशमलव ०६ को विन्दुमा पुगेको छ।

दोस्रो ....

शेयर बजारमा आज पनि अन्योलता कायमै

काठमाडौं, भदौ ५ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ० दशमलव ९९ ले  घटेर १२१३ दशमलव ०६ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव ०८ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२१४ दशमलव ३७  को विन्दुमा खुलेको थियो भने १२२० दशमलव ९१ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२१२ दशमलव १२ थियो। आज २६ करोड १६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एन.आई.सी एशिया बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एन.आई.सी. एशिया बैंक लिमिटेडको १ करोड ९१ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज सबैको लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलव ९६ प्रतिशतले कमाए भने सिर्जना फाइनान्सका शेयरधनीले सर्वाधिक ४ दशमलव ७४ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिन अघिको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १२१६ भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालीन सामान्य प्रतिरोध १२२३ मा रहेको देखिन्छ भनिएको थियो। आज बजारले पहिलो प्रतिरोधलाई तोडेर १२२० दशमलव ९१ को विन्दुसम्म पुगेको थियो।  

चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो च्यानलमा सीमित रहेको र हाल टेवा क्षेत्र नजिक रहेको देखिन्छ। आजको मैनबत्तीले उल्टो हतौडाको आकृति बनाएको छ। यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को कारोबार दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। आजको परिमाण सामान्य रहेको र प्रभावकारी देखिँदैन। 

चित्र नं.२ : १ घण्टा मैनबत्ती प्रवृत्ति


 

चित्र नं.२, एक घण्टा मैनबत्ती प्रवृत्तिको हो। यसको प्रवृत्तिले बजार गत ७ सातादेखि घट्दो प्रवृत्तिमा रहेको र हाल १२१० को टेवा क्षेत्रमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसदेखि फराकिलो हुँदै गएकाले बजारमा विक्रेता हाबी रहेको देखिन्छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४१ दशमलव २८ अंकमा रहेको छ। आरएसआई र बजारको प्रवृत्ति एकआपसमा सहमत गरेको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले बजार केही सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : लामो समयावधिको बजार प्रवृत्ति हाल मुख्य टेवा क्षेत्र नजिक रहेको देखिन्छ। माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सूचकले बजार सकारात्मक भइहाल्ने संकेत गरेको देखिँदैन। समग्रमा हेर्दा यदि बजार, चित्र नं.२ को माथिल्लो प्रतिरोध क्षेत्रभन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। 

त्यस्तै, यदि बजार  १२१० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को टेवा क्षेत्र चित्र नं. १ मा देखिए बमोजिम च्यानलको तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ।  

प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, भदौ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्