‘नेतृत्वलाई समावेशी बनाएर लैजानुपर्छ’
हामीले हाम्रै नेतृत्वमा संविधान बनाएका हौँ। संविधानमा समावेशिताको सन्दर्भमा जे व्यवस्था छ, सोहीअनुसार कायम गर्ने बाटोमा हामी छौँ। त्यो व्यवस्थालाई पार्टीमा अक्षरशः कायम गर्छौं। यसको झलक हामीले महाधिवेशन प्रतिनिधि छनोट गर्दा नै देखाएका छौँ।अहिले नेकपा एमाले चौतर्फी घेराबन्दीमा छ, सबैको हमलाका बीचमा। यस्तो बेला राष्ट्रिय महाधिवेशन गरिरहेका छौँ। हामीलाई घटनाक्रमले यो सिकायो कि पार्टीको आन्तरिक एकता र भावनात्मक एकता नै यस चौतर्फी हमला र आक्रमणविरुद्ध लड्ने हतियार हो।
भावनात्मक र संगठनिक एकताबिना एमालेले चुनौती सामना गर्न सक्दैन। त्यसैले आज यो महाधिवेशन जस्तो परिस्थितिका बीचमा गर्दैछौँ, यसको संवेदनशीलताप्रति सिंगो कार्यकर्ता पंक्ति सचेत देखियो।
यसको कारण हो, प्रतिशतभन्दा बढी प्रतिनिधि सर्वसम्मत चुनिएर आएका थिए। विगतमा सबै ठाउँमा महाधिवेशन प्रतिनिधिको चुनाव हुने गथ्र्योे। तर, अहिले सर्वसम्मत चुनिएर आए, यसले देखाउँछ– सिंगो कार्यकता पंक्ति नेतृत्व सर्वसम्मतमा होस् भन्ने मुडमा छ। यो संवेनशीलतालाई हामीले बुझ्नुपर्छ। सर्वसम्मत हिसाबले नेतृत्व चयन गर्यौँ भने नेकपा एमालेले भावनात्मक र संगठनात्मक रूपमा एकताबद्ध भएर आगामी चुनौतीको सामना गर्न सक्छ।
अब हामी तिनै तहको चुनावमा प्रवेश गर्दैछौँ। त्यसैले महाधिवेशनको हलबाट निस्किँदा सबै हाँसीखुसी निस्किने अवस्था भयो भने हामी जस्तोसुकै चुनौती सामना गर्न सक्छौं।
एमालेभित्रको आन्तरिक एकता कमजोर भएकै कारण धेरै क्षति व्यहोर्नुपर्यो। त्यसैले यो कुराबाट पाठ सिकेर हामीले आन्तरिक एकतालाई जोड दिन जरुरी छ।
आज एमाले बाहेकका सम्पूर्ण पार्टीहरू गठबन्धन बनाएर नेकपा एमालेविरुद्ध केन्द्रित छन्। ती पार्टीहरू आफ्नो विचार, सिद्धान्त, कार्यक्रम, लक्ष्यहरू भुलेर एमालेलाई कमजोर बनाउन प्रस्तुत भएका छन्। त्यसैले हामी एकजुट हुनुपरेको छ, सर्वसम्मतमा नेतृत्व चयन गर्नुपरेको छ।
हामीले हाम्रै नेतृत्वमा संविधान बनाएका हौँ। संविधानमा समावेशिताको सन्दर्भमा जे व्यवस्था छ, सोहीअनुसार कायम गर्ने बाटोमा हामी छौँ। त्यो व्यवस्थालाई पार्टीमा अक्षरशः कायम गर्छौं। यसको झलक हामीले महाधिवेशन प्रतिनिधि छनोट गर्दा नै देखाएका छौँ।
यो महाधिवेशनमा हामीले ३३ प्रतिशत महिला प्रतिनिधित्व पु¥याउन खोजेका थियौँ। ३३ प्रतिशत हाराहारी भाग लिँदै हुनुहुन्छ। अहिले २९–३० प्रतिशत पुग्लान्। योभन्दा अगाडि १६ प्रतिशत जति आउनुहुन्थ्यो।
दलितहरूको संख्या पनि हामीले त्यही अनुसार गरेका छौँ। संविधानको व्यवस्था अनुसार दलितको प्रतिनिधित्व हुन्छ। दलित महिलालाई पनि त्यत्तिकै जोड दिएका छौँ। दलित महिला र पुरुष त्यही अनुसार भाग लिँदै हुनुहुन्छ।
हामीले मजदुरको पनि अर्काे क्षेत्र बनाएका छौँ। यस्ता अलग–अलग क्षेत्र बनाएर प्रतिनिधित्वको व्यवस्था गरेका छौँ। अबको केन्द्रीय कमिटीमा ११ वटा क्षेत्र बनाएका छौं। समावेशी हुने गरी क्षेत्र बनाएका हौँ। ती क्षेत्रमा प्रतिनिधित्व हुँदा नेपालको जे स्वरुप हो, त्यही नेतृत्वमा झल्किने गरी सम्पन्न हुँदैछ।
केन्द्रीय समिति त्यही अनुसार बन्छ। त्यसैगरी हामीले केन्द्रीय सदस्य मात्र होइन, पदाधिकारी, नेतृत्व गर्ने तहलाई पनि समावेशी बनाउनुपर्छ भनेर भनिरहेका छौं। अझ धेरै महिलाले त्यही अनुसारको उम्मेदवारी गरिरहेका छन्। विभिन्न क्षेत्रमा नेताले त्यही अनुसारको तयारी गरिरहनुभएको छ। मधेसीले त्यही अनुसारको कुरा गरिरहनुभएको छ। नेतृत्वलाई समावेशी बनाएर लैजानुपर्छ भन्ने अहिलेको कुरा हो।
(काठमाडौं प्रेसकर्मी सरिशा अछामीसँगको वार्तामा आधारित।)