शेयर बजार आज अन्योल अवस्थामा
काठमाडौं, भदौ ४ : साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ० दशमलव ४२ अंकले वृृद्धि भएर १२१४ दशमलव ०५ को विन्दुमा पुगेको छ।
....
काठमाडौं, भदौ ४ : साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ० दशमलव ४२ अंकले वृृद्धि भएर १२१४ दशमलव ०५ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव ०३ प्रतिशतको वृद्धि देखिएको छ। दोस्रो बजार १२१३ दशमलव ६४ को विन्दुमा खुलेको थियो भने १२१६ दशमलव ३३ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२०९ दशमलव ७१ थियो। आज २९ करोड २६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको शेयर किनबेच भएको छ। सोल्टी होटल लिमिटेड बैंकको ४ करोड २० लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज विशाल बजार कम्पनीका शेयरधनीले सर्वाधिक ५ दशमलव ७३ प्रतिशतले कमाए भने गणपति माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ४४ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिन अघिको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १२१० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार यो टेवा क्षेत्रभन्दा तल रहे पनि स्थिर रहन सकेन र नेप्से परिसूचक १२१४ दशमलव ०५ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो च्यानलमा सिमित रहेको र हाल टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले डोजी आकृति बनाएको छ। यसले घट्दो प्रवृत्तिमा रहेको बजारमा विक्रेताको चाप कम भएको र लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। आजको परिमाण भने सामान्य रहेको र प्रभावकारी देखिँदैन।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा रहेको बजार आज सकारात्मक हुन खोजेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले गोल्डन क्रस बनाउन खोजेको देखिन्छ। त्यसो भएमा बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५५ दशमलव ९३ अंकमा रहेको छ र यसको प्रवृत्तिले सकारात्मक संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले भने बजार केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष : लामो समयावधिको बजार प्रवृत्ति हाल मुख्य टेवा क्षेत्रमा रहेको देखिन्छ। माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सूचकले मिश्रित संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार १२१६ भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालीन सामान्य प्रतिरोध १२२३ मा रहेको देखिन्छ।
त्यस्तै, यदि बजार १२१० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। अर्को टेवा क्षेत्र चित्र नम्बर १ मा देखिए बमोजिम च्यानलको तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ।