Kathmandu Press

‘महाधिवेशनपछि एमाले अझ सशक्त हुने देखिन्छ’

अबको मूल नेतृत्वले पार्टी कसरी चलाउने, पार्टी कस्तो बनाउने, के विचार लिएर हिँड्ने, राष्ट्रिय राजनीतिमा कस्तो राजनीतिक छवि निर्माण गर्ने भन्ने केपी ओलीमा भर पर्ने देखिन्छ। यसमा पदाधिकारी कस्ता आउँछन् भन्नेले पनि अर्थ राख्छ।
‘महाधिवेशनपछि एमाले अझ सशक्त हुने देखिन्छ’

एमालेको नीति, विधान र कार्यक्रमहरू विधान महाधिवेशनबाट गएको असोजमै पारित भइसकेको छ। अहिलेको महाधिवेशन एमालेको नेतृत्व चयनको सन्दर्भ हो।
एउटा त एमालेलाई देशव्यापी रूपमा गतिशील बनाउने काम यो महाधिवेशनले गरेको छ। अहिले पार्टीभित्र पहिलेजस्तो गुट समूह भन्ने छैन। पहिले झलनाथ खनाल र केपी ओली, माधव नेपाल र केपी ओलीबीच प्रतिस्पर्धा हुन्थ्यो– दुुई समान हैसियतका व्यक्तिबीच व्यक्तित्वको टक्कर थियो, गुट (समूह) थियो। तर, अहिले त्यसो छैन। अहिले नेतृत्व चयनका लागि कम चुनौती देखिन्छ। भीम रावलले अध्यक्षमा दाबी गरेपछि एक हदसम्म चुनौतीको  अवस्था  त होला, तर यो पहिलेजस्तो शक्तिशाली देखिँदैन।

अहिले एमालेमा दुुईवटा धारणा छन्– १) संसद् विघटनपछि बनेको एउटा राजनीतिक धारणा। यसलाई दशभाइ समूह भनेर पनि चिनिन्छ। २) माओवादीबाट आएका नेताको धारणा। दुुवै धारणाको अस्तित्व छ।

Hardik ivf

यी दुवैको व्यवस्थापनदेखि प्रतिस्पर्धाबाट नयाँ नेतृत्व बन्छ। राष्ट्रिय राजनीतिमा एमालेको भूमिका ठूलो   छ।  संगठनको गतिशीलता हेर्दा आउने चुनावमा एमाले तीव्र प्रतिस्पर्धीका रूपमा  देखिन्छ। यस महाधिवेशनपछि एमाले गणतान्त्रिक शक्तिका  रूपमा अझ सशक्त भएर आउँछ जस्तो देख्छुु। अब एमालेमा विचारको कुरा नयाँ भएन, पार्टीले पहिल्यै पारित गरिसकेको छ। अब महत्त्वपूर्ण पदमा को जान्छ भन्नेले प्रभाव पार्छ, जुन हेर्न बाँकी छ।

अबको मूल नेतृत्वले पार्टी कसरी चलाउने, पार्टी कस्तो बनाउने, के विचार लिएर हिँड्ने, राष्ट्रिय राजनीतिमा कस्तो राजनीतिक छवि निर्माण गर्ने भन्ने केपी ओलीमा भर पर्ने देखिन्छ। पदाधिकारी कस्ता आउँछन्  भन्नेमा पनि अर्थ  राख्छ। तर, पदाधिकारीमा जो आए पनि अध्यक्षको नेतृत्वसँग मिलेर जाने टिम आयो भने पार्टी सहज बन्छ। अध्यक्षभन्दा फरक मत राख्नेको पनि कहीँ न कहीँ स्पेस भयो भने पार्टी अझ गतिशील हुनेछ।

अहिले हामी अनुुमान गर्न  मात्रै सक्छौँ, अहिलेलाई धेरै हदसम्म ओलीले जे चाहन्छन्, त्यस्तै हुने संकेत देखिएको छ।

कम्युनिस्टहरूबीच टुटफुट र गुट सनातन प्रवृत्ति हो। राजनीतिक मत–मतान्तर, व्यक्तित्व र शैलीगत टकराब हुँदै आएको हो। यद्यपि कम्युनिस्टहरुबीच विचारमा त्यस्तो ठूलो भिन्नता देखिँदैन। माधव नेपाल र केपी ओलीबीचको कुरा गर्दा पार्टी कसले चलाउने ? कस्तो बाटो लिने भन्नेमा शैलीगत भिन्नता हो। आधारभूत रूपमा एमालेले जुन विचार दस्तावेजीकरण गरेको छ, त्यो एउटै हो, त्यसमा खास भिन्नता छैन। अब टुक्रिएका कम्युनिस्टहरुबीच फरक देखिने वा देखाउने होडबाजी पनि हुन सक्छ।

प्रकाशित मिति: १०:२२ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?