Kathmandu Press

छिमेक लघुवित्तले ३० प्रतिशत लाभांश दिने

काठमाडौं, मंसिर ३ : छिमेक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई बोनस सेयर र नगद गरी ३० प्रतिशत लाभांश दिने भएको छ।सञ्चालक समितिको बैठकले कम्पनीको गत...
छिमेक लघुवित्तले ३० प्रतिशत लाभांश दिने

काठमाडौं, मंसिर ३ : छिमेक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई बोनस सेयर र नगद गरी ३० प्रतिशत लाभांश दिने भएको छ।

सञ्चालक समितिको बैठकले कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी कुल ३० प्रतिशत अर्थात् ५४ करोड ९० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

जसमा २७ प्रतिशत (४९ करोड ४१ लाख रुपैयाँ बराबर) को बोनस सेयर र ३ प्रतिशत (५ करोड ४९ लाख रुपैयाँ बराबर) को नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । 

राष्ट्र बैंकबाट अनुमति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई लाभांश वितरण गरिन्छ। 

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्