Kathmandu Press

शेयर बजारमा आज सकारात्मक संकेत 

काठमाडौं, भदौ २ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७ दशमलव २३ अंकले  वृद्धि भएर १२२२ दशमलव ०६ को विन्दुमा पुगेको छ।

शेयर बजारमा आज सकारात्मक संकेत 

काठमाडौं, भदौ २ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७ दशमलव २३ अंकले  वृद्धि भएर १२२२ दशमलव ०६ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव ६० प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२१४ दशमलव ८४ को विन्दुमा खुलेको थियो भने १२२९ दशमलव ५२ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु भने १२१० दशमलव ७३ थियो। 

आज ३८ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यो अघिल्लो दिनभन्दा १८ दशमलव २३ प्रतिशतले वृद्धि हो।  

Hardik ivf

आजको बजार अवस्था 

 

आज सर्वाधिक कारोबार हुने 

आज सबैभन्दा धेरै सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। सिद्धार्थ बैंक लिमिटेडको २ करोड ५८ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ। 


 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज नाडेप लघुवित्तका शेयरधनीले सर्वाधिक ७ दशमलव ५० प्रतिशतले कमाए भने सानिमा इक्वीटी फन्डले सर्वाधिक ३ दशमलव ५७ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिन अघिको विश्लेषणको निष्कर्ष अनुसार लामो समयको समयावधि अनुसार बजार १२०० देखि १२३० को मुख्य टेवा क्षेत्रमा बजार रहेको देखिन्छ भनिएको थियो। आज बजारले १२१० दशमलव ७३ अंकमा टेवा प्राप्त गरेको देखिन्छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो च्यानलमा सीमित रहेको र हाल टेवा क्षेत्रमा रहेको देखिन्छ। हिजो र आजका  मैनबत्तीले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरेको छ। आजको परिमाण भने सामान्य देखिएको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत २ कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर  हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ।  हिजोसम्म घट्दो प्रवृत्तिमा रहेको बजार आज सकारात्मक देखिन्छ। 

२१ र ५० समयावधिका एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) भन्दा बजारको प्रवृत्ति माथि रहेकाले बजार अझ केही सकारात्मक हुन सक्ने देखिन्छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५७ दशमलव ६२ अंकमा रहेको छ। यसको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटर सकारात्मक हुन थालेको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले मुख्य टेवा क्षेत्रबाट बजार सकारात्मक हुन खोजेको र तत्कालीन सामान्य प्रतिरोध १२२८ मा रहेको संकेत गरेको छ। त्यस्तै, यदि बजार १२१८ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन सामान्य टेवा १२१० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:३५ बजे, सोमबार, भदौ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्