Kathmandu Press

आज पनि शेयर बजार घट्दो प्रवृत्तिमा, विक्रेता हावी

काठमाडौं, भदौ १ : साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ९ दशमलव २० ले  घटेर १२१४ दशमलव ८३ को विन्दुमा पुगेको छ। 

दोश्रो ब....

आज पनि शेयर बजार घट्दो प्रवृत्तिमा, विक्रेता हावी

काठमाडौं, भदौ १ : साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ९ दशमलव २० ले  घटेर १२१४ दशमलव ८३ को विन्दुमा पुगेको छ। 

दोश्रो बजार परिसूचकमा ० दशमलव ७५ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार १२२४ दशमलव ०४  को विन्दुमा खुलेको थियो भने १२२६ दशमलव ५९ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२१४ दशमलव २६ थियो। आज ३२ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजारको अवस्था:

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै एनआईसि एशिया बैङ्क लिमिटेडको शेयर किनबेच भएको छ। एनआईसि एशिया बैङ्कको २ करोड ४५ लाख बराबरको शेयर किनबेच भएको छ। 


 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८५ प्रतिशतले कमाए भने गुराँस लघुवित्तका शेयरधनीले सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले गुमाए। 

प्राविधिक बिश्लेषण :

अघिल्लो कारोबार दिन अघिको विश्लेषणको निश्कर्ष अनुसार लामो समयको समयावधि अनुसार १२०० देखि १२३० मुख्य टेवा क्षेत्रमा बजार रहेको देखिन्छ भनिएको थियो। आज बजार यहि क्षेत्रमा सिमित रहेको छ र नेप्से परिसूचक १२१४ दशमलब ८३ अंकमा बन्द भएको छ।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति 

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो च्यानलमा सिमित रहेको देखिन्छ। आज वियरिस मैनबत्ती आकृति बनिएको छ। यसले बजारमा विक्रेता हावी रहेको संकेत गरेको छ।  अघिल्लो कारोबार दिनभन्दा आज परिमाण कम रहेको छ।  

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत २ कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनवत्तीहरुलाई प्रयोग गरिएको छ।  यसले हिजो र आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा फराकिलो हुंदै गएकोले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आज रिलेटिभ स्टेन्थ इन्डेक्स (आरएसआई) ३० दशमलब ८९ अंकमा रहेको छ। यसको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजार सकारात्मक हुन थालेको संकेत गरेको छ। 

निश्कर्ष

माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले फरक फरक संकेत गरे पनि समग्रमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। लामो समयको समयावधि अनुसार १२०० देखि १२३० मुख्य टेवा क्षेत्र रहे पनि कम जोखिम लिन चाहनेहरुलाई, बजार प्रबेश गर्न अघि सबै सूचकहरुको सकारात्मक संकेत पर्खनु उपयुक्त देखिन्छ। 

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, भदौ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्