Kathmandu Press

सेयर अभौतिकीकरण गराउन साहस ऊर्जाको आग्रह

काठमाडौं, कात्तिक २९ : साहस ऊर्जा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ। कम्पनीले सूचना जारी गरेर नेपाल स्टक एक्सचेन्ज र सिडिएस...
सेयर अभौतिकीकरण गराउन साहस ऊर्जाको आग्रह

काठमाडौं, कात्तिक २९ : साहस ऊर्जा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ। 

कम्पनीले सूचना जारी गरेर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङमा सेयर सूचीकृत भइसकेको जानकारी दिँदै सेयर अभौतिकीकरण नगरेका संस्थापक शेयरधनीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दा सेयरधनीहरूलाई सेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो।

Hardik ivf

कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट काठमाडौं वा शाखा कार्यालयहरू पुतलिसडक, लगनखेल,चिप्लेढुंगा पोखरा, आदर्शनगर वीरगञ्ज, ट्राफिकचोक बुटवल र गाछीचोक विराटनगरमा सम्पर्क राखी आफ्नो हितग्राही खाता (डिम्याट) नम्बर अद्यावधिक गरिसकेपछि मात्र सेयर खातामा प्राप्त हुने जनाइएको छ।

संस्थापक सेयरधनीले भने आफ्नो सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी लक इन पिरियडसहितको डिआरएनमार्फत सहज तरिकाबाट अभौतिकीकरण गर्न सकिने सूचनामा उल्लेख छ। 

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, कात्तिक २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्