कस्तो होला अबको शेयर बजार?
काठमाडौं, साउन ३२ : यो साता नेप्से परिसूचक १२३८ दशमलव ५६ विन्दुमा खुलेको थियो भने यो खुलेको विन्दु नै उच्च विन्दु रहेको थियो।
&ls....
काठमाडौं, साउन ३२ : यो साता नेप्से परिसूचक १२३८ दशमलव ५६ विन्दुमा खुलेको थियो भने यो खुलेको विन्दु नै उच्च विन्दु रहेको थियो।
‘इन्ट्राडे’ न्यून विन्दु १२२१ दशमलव ७४ थियो भने बजार १२२४ दशमलव ०३ विन्दुमा बन्द भएको थियो। यो अघिल्लो साताभन्दा १४ दशमलव ५३ अंक अर्थात १ दशमलव १७ प्रतिशतको गिरावट हो।
यो साता पाँच कारोबार दिनमा एक अर्ब ७८ करोड ७७ लाख बराबर रकमको शेयर कारोबार भएको छ। यो अघिल्लो साताभन्दा १८ दशमलव ४२ प्रतिशतको गिरावट हो।
प्राविधिक विश्लेषण
चित्र नं १: साप्ताहिक मैनबत्ती प्रवृत्ति
विगत एक वर्षदेखि बजारको उतारचढाव कस्तो रह्यो भनि हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। यो साता बजारको प्रवृत्ति टेवा क्षेत्रमा रहेको छ। अघिल्लो साता वियरिस मारुबोजु आकृति बनाए बापत यो साता बजार अझ केही सच्चिएको छ। परिमाणले बजारमा विक्रेताको चाप केही कम भएको संकेत गरेको छ।
चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२, गत आठ महिनादेखि बजार कस्तो रह्यो भनेर हेर्नलाई दैनिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। पाँच कारोबार दिन अर्थात यो साता बजार घट्दो प्रवृत्तिमा रहेको छ र हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ।
यो साता ६ र २१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसदेखि फराकिलो हुँदै गएकाले बजारमा हालसम्म विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३० दशमलव ६० अंकमा रहेको छ। यसको प्रवृत्तिले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। एमएसिडीले पनि बजारमा पुन विक्रेताको चाप रहेको र हालसम्म नकारात्मक क्षेत्रमा रहेको देखिन्छ।
निष्कर्ष : हालसम्म नेप्सेको प्रवृत्ति र सूचकका आधारमा बजार टेवा क्षेत्रमा रहे पनि बजार सकारात्मक भइहाल्ने संकेत भने देखिँदैन। त्यसैले हाल पर्ख र हेरको रणनीति अपनाउन उपयुक्त देखिन्छ। बजारको मुख्य टेवा क्षेत्र भने १२०० देखि १२३० को क्षेत्रमा रहेको देखिन्छ। यो क्षेत्रमा खरिदकर्ताहरुको प्रवेश हुन सक्ने सम्भावना प्रवल रहन्छ। यदि बजार १२०० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने सम्भावना रहन्छ।