Kathmandu Press

गान्धी किन मारिए ?

भारतीय शासकहरू भव्यरुपले महात्मा गान्धीको जन्म जयन्ती मनाउँछन्, तर त्यो तिनको ओठे भक्तिमात्रै हो । 

गान्धी हत्याको ठ्याक्कै ७० वर्ष पुग्यो, यो साता (यस ....

गान्धी किन मारिए ?

भारतीय शासकहरू भव्यरुपले महात्मा गान्धीको जन्म जयन्ती मनाउँछन्, तर त्यो तिनको ओठे भक्तिमात्रै हो । 

गान्धी हत्याको ठ्याक्कै ७० वर्ष पुग्यो, यो साता (यस वर्ष माघ १७) । सन् १९४८, जनवरी ३० मा सन्ध्याकालीन प्रार्थनामा सरिक हुन लाग्दा उनको हत्या गरिएको थियो ।
यी सन्तको हत्या कुनै सन्काहाले एक्लै गरेका थिएनन् । त्यो एउटा समुदायकै षड्यन्त्र अनुरुप भएको थियो । 

गान्धी हत्याको ७० औं वर्षगाँठमा एउटा प्रश्न सोधिनै पर्छ – उनका हत्यारा कुन दर्शन वा कस्तो द्वेष भावबाट निर्देशित थिए ? यो प्रश्न अहिले किन पनि सान्दर्भिक र महत्वपूर्ण छ भने गान्धी हत्या गर्न प्रेरित गर्ने दर्शनका अनुयायीहरूले अहिले भारतको राजपाट चलाइरहेका छन् ।

Hardik ivf

भारत–पाकिस्तान विभाजनको बेला मुस्लिमविद्ध उर्लिएको घृणा र भड्किएको हिंसालाई गान्धीले समर्थन गरेनन् । त्यसले कट्टरपन्थी हिन्दूहरूलाई चिढ्यायो । त्यो नै उनको हत्याको कारण बन्यो । हिन्दू–मुस्लिम दङ्गाको बेला उग्रपन्थी हिन्दूहरू मुुस्लिम–संहार गरी हिन्दूस्तानबाट पाकिस्तान अलग्याइएको रीस फेर्न चाहन्थे । गान्धी त्यो हिंसाविरुद्ध थिए । 

स्वतन्त्र भारतमा साम्प्रदायिक हिंसा र जातीय द्वेषबाट अलग रहन अपिल गर्दै सत्याग्रह सुरु गर्नु एक दिनअघि, अर्थात् सन् १९४८, जनवरी १२ मा गान्धीले विव्हल हुँदै आफ्ना अनुयायीहरूसँग भनेका थिए –

‘मेरै आँखाअघि दिल्लीका मुस्लिमहरु मारिँदैछन् । मेरो आफ्नै भाइ वल्लभभाइ पटेल दिल्लीमा कानून र सुव्यवस्था कायम गर्ने गृहमन्त्रीजस्तो जिम्मेवारीमा हुँदा यस्ता दुःखद् घटना भइरहेका छन् । वल्लभभाइले मुस्लिमहरूलाई सुरक्षा दिन त सकेका छैनन् नै, यस सन्दर्भमा कुनै गुनासा र आलोचना पनि सुन्न चाहँदैनन् । अब मसँग अरु विकल्प छैनन् र मैले आफ्नो अन्तिम अस्त्र प्रयोग गर्नुपर्ने भएको छ । त्यो हो – अनशन ।’ 

गान्धीको अनशन र नैतिक प्रतिरोधले भारतलाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने सानो समूहलाई बेस्सरी चिढ्यायो । त्यो समूहले प्रेम, अहिंसा र क्षमाशीलताका ‘पुजारी’लाई तह लाउने निर्णय गर्यो। र, गान्धीलाई गोली ठोक्ने फरमान् जारी गर्यो । त्यो हिन्दू समुदायको लागि भनेर गरिएको अपराध थियो । तर, अहिलेसम्म कसैले पनि राजेन्द्र प्रसादको प्रश्नको उत्तर दिन सकेको छैनः “हिन्दूका लागि गान्धीजीको हत्या गरियो, तर त्यसले कसरी हिन्दू धर्म र समुदायको रक्षा गर्यो त ?”

गान्धीले हिन्दू राज अस्वीकार गरेको र हिन्दू–मुस्लिमबीच सद्भाव बढाउँने अभियान चलाएको हिन्दूवादीहरुले रुचाएनन् । राजनीतिमा अहिंसाको वकालत गरेकाले पनि उग्रपन्थी हिन्दूवादीहरु उनीविरुद्ध उग्र थिए । गान्धी विरोधीहरू हिन्दू समाजको गौरवशाली इतिहासको पुनर्जागरणका लागि हिंसालाई अपरिहार्य ठान्थे । 

त्यो बेला यूरोपमा हिंसालाई राजनीतिको महत्वपूर्ण हिस्सा ठान्ने फाँसीवादीहरूको दबदबा थियो । त्यो हिंसात्मक युगमा गान्धीले भारतलाई फाँसीवादी चरित्रको हिंसा र दमनकारी प्रवृत्तिबाट पर राख्ने प्रयास गरेका थिए । तर, हिन्दू राष्ट्र पक्षधरहरु भने जर्मनी र इटालीमा फाँसीवादीहरूले पाएको सफलताबाट उत्साहित थिए । 

भारतमा संविधानको अभ्यास भएको ६ दशकभन्दा बढी भयो । तैपनि, भारतीय राजनीतिमा अझै पनि हिंसाप्रतिको मोह घटेको छैन । बरु, बढ्दो छ । तर्क र बहसद्वारा राजनीतिलाई निर्देशित गर्ने नेहरु शैलीलाई अहिलेको शासक वर्गले दुत्कारेको छ । उनीहरू विचार हैन, हिंसाका अनुरागी हुन् । 

हिंसाप्रतिको यो आकर्षण हाम्रो सामुहिक चेतमा पनि प्रतिविम्बित हुन थालेको छ । सामाजिक सञ्जाल, टेलिभिजन र पत्रपत्रिकाका स्तम्भमार्फत एकले अर्कोलाई धम्काउनु सामान्य बनिसकेको छ । 

अभाव र व्यवस्थाका कारण सिर्जित आवेगलाई आक्रामक राष्ट्रवादमा ढाल्न खोजिँदै छ । समाजका सबै पक्षहरु यस्तो आकर्षक तर अर्थहीन राष्ट्रवादको भुङ्ग्रोमा पर्दैछन् । अहिंसाको मार्गद्वारा हिंसाप्रतिको समाजको आकर्षण घटाउनु गान्धीको ठूलो योगदान थियो । अहिंसाले दिने नयाँ र आध्यात्मिक शान्ति भारतीयहरूलाई अनुभव गराउन चाहेका थिए, गान्धीले । 

गान्धीको अहिंसा सहितको वचन राष्ट्रिय स्वयंसेवक परिवारलाई मन पर्दैन । उनीहरू हिंसालाई अपरिहार्य अस्त्र ठान्छन् । ‘नयाँ भारत’मा बहुसंख्यक समुदायले देखाउने  हिंसात्मक  र आक्रामक व्यवहारलाई भारतको लागि चाहिने नयाँ उर्जा र जीवन्तताको पूर्वशर्त जस्तो मानिन थालेको छ ।

हरेक वर्ष गान्धी जयन्तीमा भव्य समारोह र कार्यक्रमहरू आयोजना गरिन्छन् । तर, महात्मा र उनको अहिंसा–दर्शनविरुद्ध प्रहार जारी रहन्छ । 

(हरिश खरे भारतका चर्चित पत्रकार हुन् । यो लेख द वायरमा प्रकाशित खरेको स्टेटक्राफ्ट स्तम्भको भावानुवाद हो ।) 

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, माघ १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?