लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश दिने
काठमाडौं, कात्तिक २५ : लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद गरी ११.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिले...
काठमाडौं, कात्तिक २५ : लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद गरी ११.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी ११.५ प्रतिशत लाभांश घोषणा गरेको कम्पनी सचिव पीयूषराज अर्यालले जानकारी दिए।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
प्रकाशित मिति: १४:३० बजे, बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार