Kathmandu Press

सूर्योदय लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, कात्तिक २५ : सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।कम्पनीको आज बसेको सञ्चालक समितिको...
सूर्योदय लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, कात्तिक २५ : सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ को मुनाफाबाट बोनस सेयर दिने प्रस्ताव गरेको कम्पनी सचिव राजेन्द्र न्यौपानेले जानकारी दिए।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। 

प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्