मेगा बैंकले १२.०७ प्रतिशत बोनस सेयर दिने
काठमाडौं, कात्तिक २४ : मेगा बैंकले आफ्ना सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने भएको छ।कम्पनीको मंगलबार बसेको ३४२औं सञ्चालक समितिको बैठकले गत आर्थिक...
काठमाडौं, कात्तिक २४ : मेगा बैंकले आफ्ना सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने भएको छ।
कम्पनीको मंगलबार बसेको ३४२औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट उक्त बोनस सेयर दिने प्रस्ताव गरेको कम्पनी सचिव तुल्सीराम पोखरेलले जानकारी दिएका छन्।
कम्पनीले १२ प्रतिशतका दरले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र बैंकका आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।
प्रकाशित मिति: १४:३८ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार