शेयर बजार हालसम्म मुख्य टेवा क्षेत्रमै
काठमाडौं, साउन ३० : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ८६ ले घटेर १२२४ दशमलव ०४ को विन्दुमा पुगेको छ।
दोस्र....
काठमाडौं, साउन ३० : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ८६ ले घटेर १२२४ दशमलव ०४ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव १५ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२२५ दशमलव ९० को विन्दुमा खुलेको थियो भने १२२६ दशमलव ०७ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२२१ दशमलव ०४ थियो। आज ४२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको शेयर किनबेच भएको छ। माछापुच्छ्रे बैंक लिमिटेडको ५ करोड ३७ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज मञ्जुश्री फाइनान्सका शेयरधनीले सर्वाधिक ६ दशमलव ५६ प्रतिशतले कमाए भने वल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ६० प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १२२४ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार यही क्षेत्रमा अर्थात १२२४ दशमलव ०४ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आज मैनबत्तीले बजारमा उतारचढाव कम रहेको संकेत गरेको छ। परिमाणले भने बजारमा लगानीकर्ताहरुको सहभागिता हिजोभन्दा आज बढेको देखिन्छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्ती प्रयोग गरिएको छ। यसले हिजो र आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा फराकिलो हुँदै गएकाले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५० दशमलव १९ अंकमा रहेको छ। यसको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकले फरक–फरक संकेत गरे पनि समग्रमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। लामो समयको समयावधि अनुसार १२०० देखि १२३० मुख्य टेवा क्षेत्र रहेपनि कम जोखिम लिन चाहनेहरुलाई, बजार प्रवेश गर्नु अघि सूचकहरुको सकारात्मक संकेत पर्खिनु उपयुक्त देखिन्छ।