Kathmandu Press

शेयर बजारमा आज विक्रेता हाबी

काठमाडौं, साउन २९ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५ दशमलव १७ ले  घटेर १२२५ दशमलव ९० को विन्दुमा पुगेको छ। 

....
शेयर बजारमा आज विक्रेता हाबी

काठमाडौं, साउन २९ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५ दशमलव १७ ले  घटेर १२२५ दशमलव ९० को विन्दुमा पुगेको छ। 

दोस्रो बजार परिसूचकमा ० दशमलव ४२ प्रतिशतकोे गिरावट देखिएको छ। १२३१ दशमलव ०७  को विन्दुमा खुलेको दोस्रो बजार १२३१ दशमलव ५६ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १२२४ दशमलव ४१ थियो। 

आज २५ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजार अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको २ करोड १० लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज विजय लघुवित्तका शेयरधनीले सर्वाधिक ४ दशमलव २६ प्रतिशतले कमाए भने वल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ३० प्रतिशतले गुमाए।

 
प्राविधिक विश्लेषण

दुई कारोबार दिन अघिको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १२३० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार यो टेवाभन्दा तल झरेर बजार १२२५ दशमलव ९० मा बन्द भएको छ। १२३० अब प्रतिरोधको रुपमा रहनेछ।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आज पनि मैनबत्ती आकृतिले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ।  परिमाणले बजारमा लगानीकर्ताहरुको सहभागिता कम रहेको संकेत गरेको छ। घट्दो प्रवृत्तिमा यो सकारात्मक संकेत मानिन्छ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ।  यसले हिजो र आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा फराकिलो हुँदै गएकाले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४१ दशमलव ८३ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ।

स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको र कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकले फरक–फरक संकेत गरे पनि समग्रमा हेर्दा अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना देखिए पनि १२२७ देखि १२३० तत्कालीन प्रतिरोधको रुपमा देखिएको छ।

त्यस्तै, यदि बजार १२२४ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। लामो समयको प्रवृत्तिले १२०० देखि १२३० को क्षेत्र मुख्य टेवाको रुपमा संकेत गरेको छ।
 

प्रकाशित मिति: १८:५० बजे, बुधबार, साउन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्