वीरगञ्जको घण्टाघर पुनः सञ्चालन
पर्सा कात्तिक १८ नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ।६ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको...पर्सा कात्तिक १८ नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ।
६ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो।
महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए। साथै‚ आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो।
घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको जनाइएको छ।
वीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रविन्दु हो। धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो। त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो। (रासस)
प्रकाशित मिति: ०८:१६ बजे, बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘कसैको अनुहार हेरिन्न, गल्ती गर्नेलाई कारबही हुन्छ’शुक्रबार, मंसिर ७, २०८१
चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्रीशुक्रबार, मंसिर ७, २०८१
जनमत सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखकाे निर्णयशुक्रबार, मंसिर ७, २०८१
विमलेन्द्र निधि भन्छन्– बिआरआई ऋणको रुपमा स्वीकार्य हुँदैन शुक्रबार, मंसिर ७, २०८१