अदालत खोल्न माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं, कात्तिक १५ : अदालत खोल्न माग गर्दै वकिलहरुको अर्को समूहले माइतिघरमा प्रदर्शन गरेका छन् । उनीहरुले न्याय खोज्न गोरखा नै जानुपर्ने हो...
काठमाडौं, कात्तिक १५ : अदालत खोल्न माग गर्दै वकिलहरुको अर्को समूहले माइतिघरमा प्रदर्शन गरेका छन् । उनीहरुले आँखा र मुखमा सेतोजट्टी बाँधेर
न्याय खोज्न गोरखा नै जानुपर्ने हो ? हाम्रो अदालत कहिले खुल्छ ? लेखिएका पम्प्लेटहरु बोकेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले हिजोदेखि कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।
जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्।
१६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ।











प्रकाशित मिति: ११:४१ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
