सूर्या लाइफले १२.७० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, कात्तिक १४ : सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई १२.७० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। त्यस्तै कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश पनि दिने घोषणा पनि कम्पनीले गरेको छ।
सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।
प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १२२ रुपैयाँ पुग्नेछ।
प्रकाशित मिति: १२:५७ बजे, आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











