Kathmandu Press

एनएमबी लघुवित्तले २१.५० प्रतिशत बोनस सेयर दिने 

काठमाडौं, कात्तिक १२ : एनएमबी लघुवित्त वित्तीय संस्थाले २१.५० प्रतिशत बोनस सेयर दिने भएको छ।सञ्चालक समितिको ११ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट...
एनएमबी लघुवित्तले २१.५० प्रतिशत बोनस सेयर दिने 

काठमाडौं, कात्तिक १२ : एनएमबी लघुवित्त वित्तीय संस्थाले २१.५० प्रतिशत बोनस सेयर दिने भएको छ।

सञ्चालक समितिको ११ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको २१.५० र कर प्रयोजनका लागि १.१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

Hardik ivf

लघुवित्तले ११ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ६१ लाख ८ हजार रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्। 

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्