Kathmandu Press

मध्य भोटेकोसीको आइपिओ बाँडफाँट

मध्य भोटेकोसीको आइपिओ बाँडफाँट

काठमाडौं, कात्तिक १२ : मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बाँडफाँट गरेको छ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो। कम्पनीले निष्कासन  गरेको आइपिओमा कुल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए।

आवेदन दिएकामध्य ९५ हजार ७२२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये ८ लाख १९ हजारलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

Hardik ivf

कम्पनीले गत असोज २० गतेदेखि २५ गतेसम्म कुल रु. ९० करोड बराबरको रु. १०० अङ्कित मूल्यका ९० लाख कित्ता सेयर निष्कासन मा ल्याएको थियो।

बिक्री प्रबन्धकका अनुसार बिक्री खुला गरिएको कुल  ९० लाख कित्ता शेयरमध्ये ४ प्रतिशतअर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई, ५ प्रतिशतअर्थात् ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रु. ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी नदीमा कुल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ।

आयोजनाको कुल अनुमानित लागत करिब रु. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ रहने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख छ। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सहनिष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल छन्।

बाँडफाँटको नतिजासम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको बेवसाइट (मेरो सेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्