Kathmandu Press

साहस ऊर्जाको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं, कात्तिक ११ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) साहस ऊर्जा कम्पनी लिमिटेडको ३ करोड ५० लाख कित्ता साधारण सेयर (आइपिओ) सूचीकृत...
साहस ऊर्जाको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं, कात्तिक ११ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) साहस ऊर्जा कम्पनी लिमिटेडको ३ करोड ५० लाख कित्ता साधारण सेयर (आइपिओ) सूचीकृत भएको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्यूनतम १३५ रूपैयाँ ११ पैसादेखि अधिकतम ४०५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ। अब आइतबारबाट दोस्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ।

कम्पनीले असोज ६ देखि असोज १० सम्म प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये ३ प्रतिशत (२ लाख १० हजार कित्ता सेयर) कर्मचारीहरुका लागि, ५ प्रतिशत (३ लाख ५० हजार कित्ता सेयर) सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो।

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्