एनआइसी एसियाले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, कात्तिक ८ : एनआइसी एसिया बैंकले आफ्ना सेयरधनीहरूलाई १५.७८९ प्रतिशत लाभांश दिने भएको छ।
बैंकले हाल कायम ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पुँजीमा १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो।
आज (सोमबार) बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९५ लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनआइसी एसियाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण गरिनेछ।
प्रकाशित मिति: १६:५७ बजे, सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











