फेरि पनि हकप्रद सेयर निष्कासनको तयारीमा अपि पावर
काठमाडौं, कात्तिक ६ : अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर निष्कासनको माग गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।कम्पनीले यसअघि गएको जेठ २० देखि...काठमाडौं, कात्तिक ६ : अपि पावर कम्पनीले ३९.३६ प्रतिशत हकप्रद सेयर निष्कासनको माग गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
कम्पनीले यसअघि गएको जेठ २० देखि असार १३ सम्म ५६ लाख ७० हजार कित्ता (२९ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो।
एक वर्षअघि कात्तिक १४ देखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो।
कम्पनीले यसपटक १ः०.३९.३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो।
कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहने जनाइएको छ।
प्रकाशित मिति: १४:१५ बजे, शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१