शेयर बजार आज सकारात्मक, अब के होला?
काठमाडौं, साउन २२ : नेप्से परिसूचक २ दशमलव ७५ ले वृद्धि भएर १२४८ दशमलव ४८ को विन्दुमा पुगेको छ।
बुधबार दोस्रो बजार परिसूचकमा ० दशमलव २२....
काठमाडौं, साउन २२ : नेप्से परिसूचक २ दशमलव ७५ ले वृद्धि भएर १२४८ दशमलव ४८ को विन्दुमा पुगेको छ।
बुधबार दोस्रो बजार परिसूचकमा ० दशमलव २२ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२४५ दशमलव ७३ को विन्दुमा खुलेको थियो भने १२५० दशमलव ०८ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२३९ दशमलव ४० थियो। आज ३६ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने घटेको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै कृषि विकास बैंक लिमिटेडको शेयर किनबेच भएको छ। कृषि विकास बैंक लिमिटेडको २ करोड ४५ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज नेपाल एग्रो लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने साञ्जेन हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले गुमाए।
मूल्य समायोजन गतिविधि
१७ दशमलव ०७ प्रतिशत बोनस शेयर प्रयोजनार्थ लुम्बिनी विकास बैंकको शेयर मूल्य समायोजन भएको छ।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको विश्लेषणको निष्कर्ष अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको र हालको तत्कालीन प्रतिरोध १२५० मा देखिएको छ भनिएको थियो। आज बजारले यो प्रतिरोध क्षेत्रलाई दुई पटक सामना गरेपनि तोड्न असफल रह्यो। नेप्से परिसूचक १२४८ दशमलव ४८ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार एक महिना अघि बढ्दो प्रवृत्तिमा रहेको बजार हाल प्रवृत्तिहीन भएर हाल टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले हतौडा आकृति बनाएको छ, यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरेपनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। आजको परिमाण भने सामान्य रहेको र प्रभावकारी देखिँदैन।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, पाँच मिनेट समयावधिको हो। विगत केही दिनदेखि घट्दो प्रवृत्तिमा रहेको बजार आज केही सकारात्मक देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले गोल्डन क्रस बनाएको छ, यसले बजार केही समयलाई सकारात्मक हुन सक्ने संकेत गर्दछ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५८ दशमलव ८१ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा क्रेताको चाप केही कमजोर हुँदै गएको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजार केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेपनि समग्रमा हेर्दा, यदि बजार १२५० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालीन प्रतिरोध १२५६ मा रहेको देखिन्छ। यस्तै, यदि बजार १२३७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ।