शेयर बजार चार दिनदेखि लगातार घट्दो प्रवृत्तिमा
काठमाडौं, साउन २१ : चार दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा मंगलबार सर्वाधिक गुमाउनेमा माइक्रो फाइनान्स समूहका कम्पनीहरु परेका छन्।
काठमाडौं, साउन २१ : चार दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा मंगलबार सर्वाधिक गुमाउनेमा माइक्रो फाइनान्स समूहका कम्पनीहरु परेका छन्।
नेप्से परिसूचक ९ दशमलव ३६ अंकले घटेर १२४५ दशमलव ७३ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ७५ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार १२५५ दशमलव ७५ को विन्दुमा खुलेको थियो भने १२५५ दशमलव ७६ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२४३ दशमलव ७४ थियो। आज ४५ करोड ०७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकममा सामान्य वृद्धि भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै कृषि विकास बैंक लिमिटेडको शेयर किनबेच भएको छ। कृषि विकास बैंक लिमिटेडको ८ करोड ५४ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज जोशी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक २ दशमलव ७४ प्रतिशतले कमाए भने सपोर्ट माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १२५० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२४० मा रहेको देखिन्छ भनिएको थियो। आज कारोबार खुलेदेखि बजार घट्दो प्रवृत्तिमा रहेको र १२५० को सामान्य टेवालाई तोडेवापत बजार १२४५ दशमलव ७३ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार एक महिना अघि बढ्दो प्रवृत्तिमा रहेको बजार हाल प्रवृत्तिहीन भएर हाल टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले वियरिस मारुबोजु आकृति बनाएको छ, यसले बजार अझ सच्चिन सक्ने संकेत गर्दछ। आज पनि परिमाणले बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, पाँच मिनेट समयावधिको हो। विगत चार दिनदेखि बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
आज पनि २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रे«न्थ इन्डेक्स (आरएसआई) ४२ दशमलव ९९ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ।
स्टोकास्टिक अक्सिलेटरले पनि अर्को कारोबार दिनको पहिलो समयमा क्रेताको चाप हुन सक्ने संकेत गरेको छ।
निष्कर्ष: माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार घट्दो प्रवृत्तिमा रहेको र हालको तत्कालीन प्रतिरोध १२५० देखिए पनि यदि बजार १२५६ भन्दा स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२६३ मा रहेको देखिन्छ।
त्यस्तैगरी, हाल बजार १२४० को टेवा क्षेत्रमा रहेपनि यदि बजार १२३७ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ।