Kathmandu Press

शेयर बजारमा आज पनि विक्रेता हाबी

काठमाडौं, साउन २० : नेप्से परिसूचक सोमबार ४ दशमलव ५५ ले घटेर १२५५ दशमलव ०९ को विन्दुमा पुगेको छ। 

दोस्रो बजार परिसूचकमा ० दशमलव ३६....

शेयर बजारमा आज पनि विक्रेता हाबी

काठमाडौं, साउन २० : नेप्से परिसूचक सोमबार ४ दशमलव ५५ ले घटेर १२५५ दशमलव ०९ को विन्दुमा पुगेको छ। 

दोस्रो बजार परिसूचकमा ० दशमलव ३६ प्रतिशतको गिरावट देखिएको छ। दोस्रो बजार १२५९ दशमलव ६४ को विन्दुमा खुलेको थियो भने १२६१ दशमलव ७४ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२५३ दशमलव ३६ थियो। आज ४४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक  लिमिटेडको २ करोड ६९ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज स्वाभिमान लघुवित्तका शेयरधनीले सर्वाधिक ४ दशमलव ०४ प्रतिशतले कमाए भने स्पर्श लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषणको निष्कर्ष अनुसार बजार अर्को कारोबार दिनको पहिलो समयमा केही सकारात्मक हुन सक्ने सम्भावना देखिए पनि अर्को तत्कालीन सामान्य प्रतिरोध १२६३ देखि १२७० को क्षेत्रमा रहेको र यदि बजार १२५८ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ।

अर्को सामान्य टेवा १२५० देखि १२५५ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज कारोबारको लगभग पहिलो एक घण्टामा बजारले १२६१ दशमलव ६४ को उच्च विन्दु बनाएको थियो भने त्यसपछि बजार सच्चिएर कारोबारको अन्तिम समयमा १२५३ दशमलव ५१ मा टेवा प्राप्त गरेको देखिन्छ।   

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार एक महिना अघि बढ्दो प्रवृत्तिमा रहेको बजार हाल प्रवृत्तिहीन हुन गएको छ। आजको बजारले वियरिस मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा विक्रेताको चाप रहेको संकेत गर्दछ। आजको परिमाणले पनि बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। दुई कारोबार दिनदेखि बजार घट्दो प्रवृत्तिमा रहेको र हाल सामान्य टेवा क्षेत्रमा रहेको देखिन्छ।  

आज पनि २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४२ दशमलव ७० अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले पनि अर्को कारोबार दिनको पहिलो समयमा क्रेताको चाप हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा बजार अर्को कारोबार दिनको पहिलो समयमा केही सकारात्मक हुन सक्ने सम्भावना देखिए पनि अर्को तत्कालीन सामान्य प्रतिरोध १२५८ को क्षेत्रमा रहेको देखिन्छ।

चित्र नंं.२ मा देखिए बमोजिम यदि बजारले माथिल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोड्न सके बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ।  त्यस्तै, यदि बजार १२५० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा १२४० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, साउन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्