Kathmandu Press

दसैं घरमा राखियो जमरा (तस्बिरहरू)

काठमाडाैं, असाेज २१ : विजया दशमी आरम्भ भएको पहिलो दिन अर्थात घटस्थापना । टिकका लागि आज घर–घरमा जमरा राख्ने प्रचलन छ ।सोही प्रचलन...
दसैं घरमा राखियो जमरा (तस्बिरहरू)

काठमाडाैं, असाेज २१ : विजया दशमी आरम्भ भएको पहिलो दिन अर्थात घटस्थापना । टिकका लागि आज घर–घरमा जमरा राख्ने प्रचलन छ ।

सोही प्रचलन अनुसार बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा जमरा राखिएको छ। वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजाआराधना सुरु भएको छ।

बिहीबार बिहान ११ः४६ बजेको शुभ साइतमा घटस्थापना गरिएको थियो । दसैं घरमा घटस्थापनापछि दैनिक बली दिई विधिपूर्वक पूजा आराधना गरिन्छ।

Hardik ivf

घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो । हरेक वर्ष हनुमान ढोकाको दशैं घरमा विधिपूर्वक घटस्थापना गर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

कोरोनाका कारण स्थगित गरिएको महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बली यो पटक दिइने भएको छ।

 

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्