दुई दिनदेखि शेयर बजार घट्दो प्रवृत्तिमा, अव के होला?
काठमाडौं, साउन १९ : साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ४ दशमलव २० अंकले घटेर बजार १२५९ दशमलव ६४ को विन्दुमा पुगेको छ। दोश्रो बजार पर....
काठमाडौं, साउन १९ : साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ४ दशमलव २० अंकले घटेर बजार १२५९ दशमलव ६४ को विन्दुमा पुगेको छ। दोश्रो बजार परिसूचकमा ० दशमलव ३३ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार १२६३ दशमलव ८४ को विन्दुमा खुलेको थियो भने १२६६ दशमलव ४९ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२५८ दशमलव २२ थियो। आज ४७ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था :
आज सर्वाधिक कारोवार हुने
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको ५ करोड १४ लाख बराबरको शेयर किन बेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज क्रमशः ७ माइक्रोफाईनान्स उपसूचक कम्पनीका शेयरधनीले सर्वाधिक कमाएका छन। त्यसमध्ये १० प्रतिशतले स्वरोजगार लघुवित्त र स्पर्श लघुवित्त पहिलो स्थानमा छन। हिमालयन पावर पार्टनर लिमिटेडका शेयरधनीले सर्वाधिक ५ दशमलव ०५ प्रतिशतले गुमाएका छन।
प्राविधिक बिश्लेषण :
अघिल्लो कारोबार दिनको विश्लेषणको निश्कर्ष अनुसार बजार अर्को कारोबार दिनको पहिलो समयमा केहि सकारात्मक हुन सक्ने सम्भावना देखिए पनि अर्को तत्कालिन सामान्य प्रतिरोध १२६५ देखि १२६८ को क्षेत्रमा रहेको र यदि बजार १२६३ भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने संकेत गर्दछ र अर्को सामान्य टेवा १२५८ मा रहेको देखिन्छ भनिएको थियो। आज बजार त्यहि अनुरुप कारोबारको पहिलो आधा घण्टामा नै बजारले १२६६ दशमलब ४९ को उच्च बिन्दु बनाएको थियो भने त्यसपछि बजार सच्चिएर कारोबारको अन्तिम समयमा १२५८ दशमलब २२ मा टेवा प्राप्त गरेको देखिन्छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हाल बजार प्रतिरोध क्षेत्रलाई सामना गरि सच्चिरहेको देखिन्छ। अघिल्लो कारोबार दिनको मैनबत्तीले सूटिङ्ग स्टार आकृति बनाए वापत आज वियरिस मैनबत्ती बनाएको छ। यसले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। परिमाणले भने आज विक्रेता हावी रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाइ ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। दुई कारोबार दिनदेखि बजार घट्दो प्रवृत्तिमा रहेको र हाल सामान्य टेवा क्षेत्रमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आज रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ४२ दशमलब ७९ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले पनि अर्को कारोबार दिनको पहिलो समयमा क्रेताको चाप हन सक्ने संकेत गरेको छ।
निश्कर्ष
माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार अर्को कारोबार दिनको पहिलो समयमा केहि सकारात्मक हुन सक्ने सम्भावना देखिए पनि अर्को तत्कालिन सामान्य प्रतिरोध १२६३ देखि १२७० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै यदि बजार १२५८ भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने संकेत गर्दछ र अर्को सामान्य टेवा १२५० देखि १२५५को क्षेत्रमा रहेको देखिन्छ।