Kathmandu Press

आरएसडिसी लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं, असोज १७ : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट...
आरएसडिसी लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं, असोज १७ : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ।

लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गर्ने बाटो खुल्नेछ।

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्