साहस ऊर्जाकाे आइपिओ बाँडफाँट : ६ लाख ४४ हजार आवेदनकलाई १०/१० कित्ता
काठमाडौं, असोज १७ : साहस ऊर्जा कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्रथमिक सेयर (आइपिओ) आज (आइतबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटको...काठमाडौं, असोज १७ : साहस ऊर्जा कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्रथमिक सेयर (आइपिओ) आज (आइतबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो।
क्यापिटलका अनुसार ६ लाख ४४ हजार आवेदनकले १० कित्ताका दरले सेयर पाएका छन्। आईपिओका लागि २३ लाख ८३ हजार ४ सय ६० जनाले आवेदन दिएका थिए। तीमध्ये १२ हजार ९ सय ९६ जनाको आवेदन रद्द भएको जनाइएको छ।
कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता सेयर निष्कासनमा ल्याएको थियो।
त्यसबाट ३ प्रतिशत (२ लाख १० हजार कित्ता) सेयर कर्मचारी र ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई वितरण गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १२:०३ बजे, आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१