Kathmandu Press

उपयोगविहीन बन्दै हुलाक सेवा

लमजुङ, असोज १७ : समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा हुलाक सेवा उपयोगविहीन बनेको छ। पछिल्लो समयमा चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको, नयाँ–नयाँ प्रविधिर...
उपयोगविहीन बन्दै हुलाक सेवा

लमजुङ, असोज १७ : समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा हुलाक सेवा उपयोगविहीन बनेको छ। पछिल्लो समयमा चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको, नयाँ–नयाँ प्रविधिर सञ्चारका तरौतरिकालाई हुलाकले सेवाले अबलम्बन गर्न नसक्दा यसको उपयोगिता घट्दै गएको हो।

मस्र्याङ्दी गाउँपालिका–३ घनपोखराकी ८७ वर्षीया धनकुमारी गुरुङले भनिन्, ‘विगतमा चिठ्ठीपत्र हुलाक दाइले घरघरमा ल्याउने गर्नुहुन्थ्यो, हाम्रो पालामा हामीले कसैलाई केही खबर पठाउन परे पनि हुलाक सेवा प्रयोग गरेका थियौँ। सयम बदलिँदै जाने क्रममा समयानुसार यसको सेवा प्रभावकारी हुन नसक्दा यसको महत्व हट्दै गएको छ।’

पहिला– पहिला यहाँका दाजुभाइ लाहुर गएका र विभिन्न देशमा काम गर्न गएकाको खबर पाउने, यताको खबर उता र उताको खबर यता पठाउने एउटै मात्र माध्यम हुलाक सेवामार्फत चिठ्ठीपत्र आदानप्रदान नै थियो। उनले भनिन्, ‘चिठ्ठी आउन र पाउनलाई पनि धेरै समय लाग्थ्यो, हुलाकी दाइ भनेर परिचित एक जना दाइ हुनुहुन्थ्यो, उहाँ गाउँमा आउँदा चिठ्ठी आयो कि भनेर सोध्ने गर्थेँ। विगतमा चिठ्ठीपत्र कि त छिमेकी कोही विदेशबाट आएमा मात्र त्यहाँको हालखबर थाहा हुने गरे पनि अहिले त मिनेट भरमै सबै ठाउँको कुरा थाहा हुन्छ।’

Hardik ivf

अहिले हुलाक समयानुकूल हुन नसक्दा अहिलेका नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन। दोर्दी गाउँपालिका–३ की ९० वर्षीया मनमाया तामाङले भने, ‘हुलाक दाई गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौँ, खबरको माध्यम भनेकै चिठ्ठीपत्र थियो। विगतमा यसले ठूलो महत्व राखे पनि प्रविधिको युगमा अहिले भने यसको वास्ता हुन छाडेको छ।’ 

हुलाक भनेको सुनेको छु, तर यसको काम के हो रु कुनै जानकारी नभएको बेँसीसहर नगरपालिकाका स्थानीयवासी २५ वर्षीय सरोज श्रेष्ठले भने। अहिलेसम्म हुलाक सेवा हामीलाई आवश्यकता नपरेकाले कुनै जानकारी तथा महत्व थाहा नभएको उनको भनाइ छ।

प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत काममा मात्रै हुने गरेको हुलाक अधिकृत गङ्गाबहादुर घलेले बताए। 

केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाक सेवा प्रभावकारी बने पनि यतिबेला हुलाक सेवाबाट भन्दा इमेल, इन्टरनेट, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटोछरितो सञ्चार सेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगीविहीन बन्दै गएको हुलाक अधिकृत घलेको भनाइ छ ।

यतिबेला हुलाक सुनसानजस्तै बनेको छ। जिल्ला हुलाक कार्यालयमा सरकारी चिठ्ठी र केही व्यक्तिको पार्सललगायतका १५÷२० वटा चिठ्ठीपत्र दैनिक आउने गरेको हुलाक कार्यालयले जनाएको छ ।

जिल्लामा एक जिल्ला हुलाक कार्यालय, १० इलाका, ५० अतिरिक्त हुलाक गरी ६१ वटा हुलाक कार्यालय रहेका छन्। यी सबै कार्यालयमा २१० भन्दा बढी कर्मचारी छन्। 
 

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्