पुतलीबजार नगरपालिकाद्वारा निशुल्क कुखुराका चल्ला वितरण
आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत सञ्चालित “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” मा आधारित रहेर नगरपालिकाकाले सिफारिस तथा छनौट भएका कृषकहरुलाई चल्ला र दाना वितरण गरेको हो ।
स्याङ्जा, मंसिर १८ : स्याङ्जाको पुतलीबजार नगरपालिकाका वडा न ४, ८, ९ र १० मा बुधबार निशुल्क कुखुराको चल्ला तथा दाना वितरण गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत सञ्चालित “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” मा आधारित रहेर नगरपालिकाकाले सिफारिस तथा छनौट भएका कृषकहरुलाई चल्ला र दाना वितरण गरेको हो ।
चल्ला र दाना वितरण गर्दै नगर प्रमुख रेग्मीले कृषि उत्पादनको प्रवर्द्धन, आय–आर्जनका अवसरको विस्तार तथा स्थानीय किसानहरूको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले यो खालको कार्यक्रम सञ्चालन गरेको बताए ।
यो कार्यक्रममार्फत लाभग्राही कृषकहरूलाई आवश्यक परिमाणमा चल्ला र दाना प्रदान गर्नुका साथै दिगो कृषि प्रवर्द्धन, सुरक्षित तथा स्वस्थ मासु उत्पादन, र स्थानीय तहमा आय–आर्जन सुदृढीकरणतर्फ अभिमुख गराउने कार्य नगरको प्रमुख प्राथमिकता रहेको समेत रेग्मीको भनाइ छ ।
आवश्यकताका आधारमा सिफारिस भएका कृषकहरूलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराबाट खरिद गरिएका New Hampshire प्रजातिका कुखुराका चल्ला तथा दाना निशुल्क रूपमा वितरण गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)