लघुवित्तमा लगानीकर्ता आकर्षित भएसँगै बजार सकारात्मक, अब के होला?
काठमाडौं, साउन १५ : लघुवित्त कम्पनीहरुको उपसूचकमा आएको वृद्धिसँगै बजारले बुधबार सकारात्मक बाटो समातेको छ। लघुवित्त कम्पनीहरुले लोभलाग्दो वि....
काठमाडौं, साउन १५ : लघुवित्त कम्पनीहरुको उपसूचकमा आएको वृद्धिसँगै बजारले बुधबार सकारात्मक बाटो समातेको छ। लघुवित्त कम्पनीहरुले लोभलाग्दो वित्तीय प्रतिवेदन प्रस्तुत गर्दा लघुवित्त कम्पनीको शेयरमा आकर्षण देखिएको हो।
बुधबार दिउँसो एक बजेबाट राम्रो गति समातेको बजारले त्यसपछि विक्रीकर्ता हाबी भएको देखिएपनि अन्तिम समयमा फेरि खरिदकर्ता नै हाबी भएका थिए।
साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ६ दशमलव २० ले वृद्धि भएर १२६५ दशमलव ५७ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ४९ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२५९ दशमलव ३८ को विन्दुमा खुलेको थियो भने १२६७ दशमलव ७८ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु १२५७ दशमलव ७२ थियो भने दिनभरमा ३५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको २ करोड ८४ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सिभिल लघुवित्त र विजय लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने युनियन हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ४ दशमलव १० प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हाल बजारले च्यानलको तल्लो प्रवृत्ति रेखालाई प्रतिरोधको रुपमा सामना गरिरहेको देखिन्छ। आजको मैनबत्तीले बजार बढेको संकेत गरेको छ। आजको परिमाणले भने बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्ती प्रयोग गरिएको छ। हिजो प्रवृत्तिहीन रहेको बजार आज केही सकारात्मक देखिएको छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६५ दशमलव १८ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको पछिल्लो समयमा शेयर बढी खरिद भएको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार च्यानलको तल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। यदि यो प्रतिरोधलाई निश्चित रुपमा तोड्न नसके हालको तत्कालीन टेवा १२५० देखि १२५७ को क्षेत्रमा रहेको देखिन्छ।