Kathmandu Press

इन्द्रध्वजपतनसँगै इन्द्रजात्रा सम्पन्न (तस्बिरहरु)

काठमाडौं, असोज ९ : इन्द्रध्वजपतनसँगै ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा सम्पन्न भएको छ।गएराति १०ः३६ बजेको साइतमा इन्द्रध्वजपतन गरिएको छ। भाद्र शुक्ल द्वादशीका दिन...
इन्द्रध्वजपतनसँगै इन्द्रजात्रा सम्पन्न (तस्बिरहरु)
तस्बिरहरु : सुजल बज्राचार्य

काठमाडौं, असोज ९ : इन्द्रध्वजपातनसँगै ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा सम्पन्न भएको छ।

गएराति १०ः३६ बजेको साइतमा इन्द्रध्वजपतन गरिएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो।

गएराति इन्द्रध्वजपतन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।

यसअघि गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेकी थिइन्। टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत सम्पन्न भएको छ।

 

 

प्रकाशित मिति: ०७:५० बजे, शनिबार, असोज ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्