Kathmandu Press

नेप्से बढे पनि लगानीकर्ता अन्योलमै

काठमाडौं, साउन १४ : नेप्से परिसूचक मंगलबार ३ दशमलव ३९ ले वृद्धि भएर १२५९ दशमलव ३७ को विन्दुमा पुगेको छ। 

दोस्रो बजार परिसूचकमा ० द....

नेप्से बढे पनि लगानीकर्ता अन्योलमै

काठमाडौं, साउन १४ : नेप्से परिसूचक मंगलबार ३ दशमलव ३९ ले वृद्धि भएर १२५९ दशमलव ३७ को विन्दुमा पुगेको छ। 

दोस्रो बजार परिसूचकमा ० दशमलव २७ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२५५ दशमलव ९९ को विन्दुमा खुलेको थियो भने १२६२ दशमलव २७ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२५६ दशमलव ०१ थियो। आज २९ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। सिद्धार्थ बैंक लिमिटेडको ३ करोड १६ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज युनाइटेड इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले कमाए भने युनियन हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ४१ प्रतिशतले गुमाए। 

शेयर सूचीकरण 
आज देबव विकास बैंक, पूर्णिमा विकास बैंक र मितेरी डेभेलपमेण्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।

मूल्य समायोजन गतिविधि
२४० प्रतिशत हकप्रद शेयर प्रयोजनार्थ युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ।

प्राविधिक विश्लेषण 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हाल बजार च्यानलको तल्लो प्रवृत्ति रेखालाई प्रतिरोधको रुपमा सामना गरिरहेको देखिन्छ। आजको मैनबत्तीले बजार केही बढेको संकेत गरेको छ। आजको परिमाण भने सामान्य रहेकाले प्रभावकारी देखिँदैन।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। आज बजार प्रवृत्तिहीन रहेको छ। यसले आज पनि बजारमा लगानीकर्ताहरु अन्योल रहेको संकेत गर्दछ। 

आज बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५४ दशमलव ९० अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको पछिल्लो समयमा क्रेताको चाप रहेको संकेत गरेको छ।

स्टोकास्टिक अक्सिलेटरले कारोबारको पछिल्लो समयमा शेयर बढी खरिद भएपनि अब बजार के होला भनि निश्चित संकेत गरेको देखिँदैन।  

निष्कर्ष : माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार च्यानलको तल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। यदि यो प्रतिरोधलाई निश्चित रुपमा तोड्न नसके हालको तत्कालीन टेवा १२४० देखि १२५० को क्षेत्रमा रहेको देखिन्छ।
 

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, साउन १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्