शेयर बजार आज पनि सकारात्मक
काठमाडौं, साउन ८ : साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ६ दशमलव ९० ले वृद्धि भएर १२८४ दशमलव ०७ को विन्दुमा पुगेको छ।
दोस....
काठमाडौं, साउन ८ : साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ६ दशमलव ९० ले वृद्धि भएर १२८४ दशमलव ०७ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव ५४ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२७७ दशमलव १७ को विन्दुमा खुलेको थियो भने १२८५ दशमलव ०८ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु १२७६ दशमलव ०१ थियो भने ४४ करोड ३४ लाख बराबरको शेयर किनबेच भएको छ। बजारको उच्च विन्दु र अन्तिम विन्दु लगभग बराबर रहेको र कारोबारमा वृद्धि देखिएकाले यसलाई सकारात्मक मानिन्छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको ३ करोड ९९ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज गणपति माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव १३ प्रतिशतले कमाए भने यूनियन हाइड्रो पावरका शेयरधनीले सर्वाधिक ५ दशमलव ०५ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, अब बजारले १२८० देखि १३०० को प्रतिरोध क्षेत्रहरुलाई सामना गर्नु पर्ने देखिन्छ भनिएको थियो। आज बजार सकारात्मक रहेको र नेप्से परिसूचक १२८४ दशमलव ०७ विन्दूमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजारले हाल मुख्य प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ। आजको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। यसले आज बजारमा क्रेताको चाप रहेको र अर्को दिन पनि केही समयका लागि भएपनि क्रेताको चाप हुन सक्ने संकेत गर्दछ। आज पनि परिमाण सकारात्मक रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। बजार आज पनि हिजो सकारात्मक प्रवृत्तिमै रहेको छ। आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा पूर्ण रुपले विक्रेताभन्दा क्रेता हाबी रहेको संकेत गरेको छ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७६ दशमलव ०५ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले पनि बजारमा शेयर बढी खरिद भएको र बजार केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकले मिश्रित संकेत गरेको छ भने बजार मुख्य प्रतिरोध क्षेत्रमा छ। यदि बजार १३०० भन्दा स्थिर रहन सके बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध १३२० मा रहेको देखिन्छ। त्यस्तै, हालको तत्कालीन टेवा १२७५ देखि १२८० को क्षेत्रमा रहेको देखिन्छ।