Kathmandu Press

भक्तपुरको सूर्यविनायकमा वृक्षरोपण (फोटोफिचर) 

काठमाडौं, भदौ २३ :  भक्तपुुरको सूर्यविनायक नगरपालिका–१० मा आज (बुुधबार) बिहान वृक्षरोपण गरिएको छ।इन्द्राजात्राका लागि लिंगो अर्थात् य.सिं बनाउन प्रयोग हुुने सल्लाको बिरुवा...
भक्तपुरको सूर्यविनायकमा वृक्षरोपण (फोटोफिचर) 

काठमाडौं, भदौ २३ :  भक्तपुुरको सूर्यविनायक नगरपालिका–१० मा आज (बुुधबार) बिहान वृक्षरोपण गरिएको छ।

इन्द्राजात्राका लागि लिंगो अर्थात् य.सिं बनाउन प्रयोग हुुने सल्लाको बिरुवा रोपिएको हो।

काठमाडौंको केन्द्रीय मानन्धर संघ, नेपाली सेनाको शार्दुुलजंग गुुल्म (गुुरुजुुको पल्टन), इन्द्रजात्रा व्यवस्थापन समिति, हनुुमानढोका हेरचाह अड्डाको संलग्नतामा वृक्षरोपण गरिएको हो।

सूूर्यविनायक नगरपालिका प्रमुुख वासुुदेव थापाले वृक्षरोपणको सुरुवात गरेका थिए। करिब १ सय ५० सल्लाका बिरुवा रोपिएको नगरपालिकाले जनाएको छ।

हरेक वर्ष भदौ शुक्ल द्वितीयाका दिन शुुभसाइतमा हनुुमानढोकाको नासल चोकमा नास पूजा गरी मानन्धर संघ र गुरुजुुको पल्टन वनयात्रा जाने र वृक्षकर्तन गर्न चलन छ।

बुुधबार बिहान १०ः५२ मा वनयात्राको शुुभसाइत थियो भने वृक्षकर्तनको साइत राति ७ः२७ मा रहेको छ। 

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्