सकारात्मक बन्दै शेयर बजार
काठमाडौं, साउन ७ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५ दशमलव ९४ ले वृद्धि भएर १२७७ दशमलव १७ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिस....
काठमाडौं, साउन ७ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५ दशमलव ९४ ले वृद्धि भएर १२७७ दशमलव १७ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ४७ प्रतिशतकोे वृद्धि देखिएको छ।
दोस्रो बजार १२७१ दशमलव २३ को विन्दुमा खुलेको थियो भने १२७९ दशमलव ५६ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२७१ दशमलव २२ थियो। आज ३६ करोड ८९ लाख बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने वृद्धि भएको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै कृषि विकास बैंक लिमिटेडको शेयर किनबेच भएको छ। कृषि विकास बैंक लिमिटेडको ४ करोड ५१ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज महिला सहयात्रा माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ७ दशमलव ९० प्रतिशतले कमाए भने दिव्यश्वरी हाइड्रो पावरका शेयरधनीले सर्वाधिक ७ दशमलव २४ प्रतिशतले गुमाए।
हकप्रद गतिविधि
युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि साउन १४ गते बुक क्लोज गर्ने मिति तोकेकोे छ। साउन १३ गतेसम्म कायम लगानीकर्ताले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन्।
साधारण सभा गतिविधि
लुम्बिनी विकास बैंकको ११ औं वार्षिक साधारण सभा साउन २८ गते हुने भएको छ। साधारण सभामा बैंकले १७ दशमलव ०७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पेश गर्दैछ। साधारण सभा प्रयोजनका लागि बैंकले साउन २२ गतेदेखि साउन २८ गतेसम्म बुक क्लोज गर्नेछ। साउन २१ गतेसम्म कायम शेयरधनीले मात्र बोनस शेयर पाउनुका साथै साधारण सभामा भाग लिन पाउने छन्।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको र तत्कालीन सामान्य प्रतिरोध १२७३ देखि १२७६ को क्षेत्रमा रहेको भनिएको थियो। आज बजार सकारात्मक रहेको र नेप्से परिसूचक १२७७ दशमलव १७ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजारले अब मुख्य प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ। समग्रमा आजको मैनबत्तीले बजारमा विक्रेताभन्दा क्रेताका चाप रहेको देखिन्छ। आजको परिमाण सकारात्मक रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीहरुलाई हेर्दा आज बजार केही सकारात्मक प्रवृत्तिमा रहेको छ।
आज २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) ले दिएको संकेत प्रभावकारी देखिँदैन। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६९ दशमलव ७३ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको पछिल्लो समयमा पुनः क्रेताको चाप रहेको संकेत गरेको छ।
स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको र प्रारम्भिक रुपमा क्रेताको चाप केही कमजोर हुँदै गएको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा बजारले अब १२८० देखि १३०० को प्रतिरोध क्षेत्रहरुलाई सामना गर्नुपर्ने देखिन्छ। हालको तत्कालीन सामान्य टेवा १२७२ मा रहेको देखिन्छ।