Kathmandu Press

तस्बिरमा काठमाडौंको डुबान

अविरल वर्षाका कारण काठमाडौंका केही बस्ती पनि डुबानमा परेका छन् भने सडकमा पानी जमेको छ।
तस्बिरमा काठमाडौंको डुबान
तस्बिरहरु : सुजल बज्राचार्य

काठमाडौं, भदौ २१ : अविरल वर्षाका कारण काठमाडौंका केही बस्ती पनि डुबानमा परेका छन् भने सडकमा पानी जमेको छ।

प्रहरीका अनुसार गएरातिदेखि बाढीका कारण काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेका छन्। डुवानमा परेका घरबाट एक सय ३८ जनाको उद्धार गरिएको छ।

बाढीले गर्दा खोला किनारका बस्ती डुबानमा परेका हुन्। डुबानमा परेका बस्तीबाट सुरक्षित ठाउँमा सार्ने काम भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

गएरातिदेखि नै प्रहरीले डुबानमा परेका क्षेत्रमा उद्धार थालेको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए। उनका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार लगायतका क्षेत्र डुबानमा परेका छन्।

बाढीले विभिन्न क्षेत्र डुबानमा परे पनि मानवीय क्षतिबाट भने जोगिएको छ। स्थानीय बासिन्दा आफै र प्रहरीले सुरक्षित स्थानमा सारेकाले मानवीय क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ०८:४३ बजे, सोमबार, भदौ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्