लाभकरमा विवाद आएसँगै शेयर बजार सुस्त
काठमाडाैं, साउन ६ : पूँजीगत लाभकरबारे लगानीकर्ताले आफै आफ्नो शेयरको लागत घोषणा गर्नु पर्ने भएकाले लगानीकर्तामा थोरै निराशा छाएको देखिन्छ। <....
काठमाडाैं, साउन ६ : पूँजीगत लाभकरबारे लगानीकर्ताले आफै आफ्नो शेयरको लागत घोषणा गर्नु पर्ने भएकाले लगानीकर्तामा थोरै निराशा छाएको देखिन्छ।
त्यही कारण कारोबार रकममा सुस्तता आएको छ। हिजो दोस्रो बजारमा २९ करोड बराबरको शेयर किनबेच भएको थियो भने सोमबार २ करोडले मात्र शेयर कारोबारमा वृद्धि देखिएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २ दशमलव ४८ ले वृद्धि भएर १२७१ दशमलव २३ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव २० प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२६८ दशमलव ७५को विन्दुमा खुलेको थियो भने १२७२ दशमलव ३९ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२६७ दशमलव ९० थियो। आज ३१ करोड ६६ लाख बराबरको शेयर किनबेच भएको छ।
बजारको अवस्था
सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्योरेन्सको २ करोड ३६ लाख बराबरको शेयर किनबेच भएको छ।
सर्वाधिक कमाउने र गुमाउने
आज एनएमबी माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ६ दशमलव ९३ प्रतिशतले कमाए भने माहुली सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलव ०९ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, यदि बजार १२६६ सम्ममा स्थिर रहेमा बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ भनिएको थियो। आज पनि बजार १२६६ को टेवा क्षेत्रभन्दा माथि रहन सफल रहेको छ। नेप्से परिसूचक १२७१ दशमलव २३ विन्दुमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्तिको आधारमा दुई कारोबार दिन अघिदेखि केही सच्चिइरहेको बजार आज केही सकारात्मक रहेको र बजार १२६६ को टेवा क्षेत्रभन्दा माथि रहेको छ। समग्रमा आजको मैनबत्तीले बजारमा लगानीकर्ता अन्योल रहेको संकेत गरेको छ। आजको परिमाण सामान्य रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई हेर्दा आज बजार प्रवृत्तिहीन रहेको छ। बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिँदैन।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६१ दशमलव ७२ अंकमा रहेको छ। यसको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयतिर क्रेताको चाप रहेको संकेत गरेको छ। अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना रहेको देखिन्छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको र तत्कालीन सामान्य प्रतिरोध १२७३ देखि १२७६ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, तत्कालीन टेवा १२६६ देखि १२६८ को क्षेत्रमा रहेको देखिन्छ।