Kathmandu Press

शेयर बजारमा आज अन्तिम समयमा क्रेताको चाप

काठमाडौं, साउन ५ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३ दशमलव ७५ ले  घट्दै १२६८ दशमलव ७४ को विन्दुमा पुगेको छ।

दोस्रो ....

शेयर बजारमा आज अन्तिम समयमा क्रेताको चाप

काठमाडौं, साउन ५ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३ दशमलव ७५ ले  घट्दै १२६८ दशमलव ७४ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव २९ प्रतिशतको गिरावट देखिएको छ। दोस्रो बजार १२७२ दशमलव ५० को विन्दुमा खुलेको थियो भने १२७६ दशमलव ४६ को उच्च विन्दुसम्म पुगेको थियो।

बजारको न्यून विन्दु १२६५ दशमलव ४९ थियो भने दिनभरमा २९ करोड ८१ लाख बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै सिभिल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। सिभिल बैंक लिमिटेडको २ करोड ६४ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज स्वाभिमान लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलव ५० प्रतिशतले कमाए भने युनियन हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ९ दशमलव ६४ प्रतिशतले गुमाए।


 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार, यदि बजार १२६६ सम्ममा स्थिर रहेमा बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ भनिएको थियो। आज बजारले १२६५ दशमलव ४९ को न्यून विन्दू बनाएर नेप्से परिसूचक १२६८ दशमलव ७४ विन्दूमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्तिले बजार दुई कारोबार दिनदेखि केही सच्चिरहेको देखिन्छ। बजार आज १२६६ को टेवा क्षेत्रभन्दा माथि रहेको छ। आजको मैनबत्तीले बजारमा लगानीकर्ता अन्योल रहेको संकेत गरेको छ। आजको परिमाण सामान्य रहेको संकेत गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबारको दिन दिउँसो १ बजेदेखि आज दिउँसो १ बजेसम्म घट्दो प्रवृत्तिमा रहेको बजार हाल १२६६ को टेवा क्षेत्रमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले हाल बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ।  आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६० दशमलव ३३ अंकमा रहेको छ। यसको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयतिर क्रेताको चाप रहेको संकेत गरेको छ र अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना रहेको देखिन्छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा  यदि बजार १२६६ सम्ममा स्थिर रहेमा बजार सकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२७६ मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२६६ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालीन सामान्य टेवा १२५६ मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, साउन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्