Kathmandu Press

आरबिबी म्युचुअल फन्ड-१ नेप्सेमा सूचीकृत

काठमाडौं, भदौ १३ : आरबिबी म्युचुअल फन्ड-१ नेप्सेमा सूचीकृत भएको छ।आरबिबी मर्चेन्ट बैंकिङले आरबिबी म्युचुअल फन्ड-१ को १२ करोड ५० लाख इकाइ नेप्सेमा...
आरबिबी म्युचुअल फन्ड-१ नेप्सेमा सूचीकृत

काठमाडौं, भदौ १३ : आरबिबी म्युचुअल फन्ड-१ नेप्सेमा सूचीकृत भएको छ।

आरबिबी मर्चेन्ट बैंकिङले आरबिबी म्युचुअल फन्ड-१ को १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकरण गराएको हो।

उक्त इकाइ असार २३ देखि असार २७ गतेसम्म बिक्री गरिएको थियो। आरबीबी म्युचुअल फन्ड-१ को इकाइ कारोबारका लागि नेप्सेले ‘आरएमएफ १’ संकेत दिएको छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार बिहीबारको बैठकले नेप्सेमा सूचीकरण गरिएको जनाइएको छ। यस कम्पनीको प्रधान कार्यालय काठमाडौंको टेकुमा रहेको छ।

प्रकाशित मिति: १६:१८ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्